मिति : २०८०।०४।१९
विषय: अन्य संस्थामा आंशिक रूपमा काम गर्ने स्वीकृति सम्बन्धमा अत्यन्त जरुरी सूचना ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न अध्ययन संस्थान र संकायहरूका डीन कार्यालय तथा आङ्गिक क्याम्पसहरू, केन्द्रीय कार्यालय, केन्द्रीय विभागहरू, अनुसन्धान केन्द्रहरू, शिक्षण अस्पताल समेतका सम्पूर्ण निकायहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले त्रि.वि. बाहेक अन्यत्र काम गर्न चाहेमा त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयवाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था भए अनुसार यस क्याम्पसमा तोकिएको सिफ्ट बाहेक अन्य समयमा अन्यत्र कुनै एक निकाय÷सिफ्टमा काम गर्न चाहने शिक्षक कर्मचारीहरूले नियमानुसार स्वीकृति लिनुहुन सम्बन्धित शिक्षक कर्मचारी एवम् सम्बन्धित सबैलाई सुचित गरिन्छ ।
आ.व. २०८०।०८१ मा अन्य संस्थामा काम गर्न चाहने यस क्याम्पसका शिक्षक कर्मचारीहरूले फाराम भरी सो फाराम सँगै सक्कल बैंक भाउचर सहितको क्याम्पस प्रशासनमा बुझाउन हुन सूचित गरिन्छ ।
अन्य संस्थामा आंशिक रूपमा काम गर्नका लागि पेश गर्ने निवेदन फारामको शुल्क आ.व.२०८०।०८१ देखि रु.२,५००/– कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।